मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन उत्सुक रहेको प्रधानमन्त्री शाहको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए ।
प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले शान्ति साझा प्राथमिकता हुनुपर्ने भन्दै अहिले विश्वमा चलिरहेको युद्धको अवस्थालाई पनि इंगित गरेका थिए । यस्तो अवस्थामा नेपालले विदेशमा रहेका नेपाली श्रमिक तथा नेपाली समुदायको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा राखेको जानकारी दिए । सरकारले युद्धका कारण पर्न सक्ने समस्याको बारेमा परराष्ट्र मन्त्रालयबाट नियमित जानकारी र ब्रिफिङ लिइरहेको छ ।
सो भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूतरनियोग प्रमुखहरूको उपस्थिति रहेको थिए । राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन उत्सुक रहेको प्रधानमन्त्री शाहको प्रतिबद्धता
- २उपसभामुखको निर्वाचन चैत २७ गते हुने
- ३सरकारले बढायो झण्डै २२ प्रतिशतसम्मले सार्वजनिक यातायातको भाडा
- ४सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि शेरबहादुर देउवा र आरजुविरुद्ध पक्राउ पुर्जी जारी
- ५चार वटा संसदीय समितिका सभापतिले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्