सरकारले बढायो झण्डै २२ प्रतिशतसम्मले सार्वजनिक यातायातको भाडा
काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा बढाएको हो ।
वैज्ञानिक प्रणाली अनुसार भाडा समायोजन गरिएको विभागका सूचना अधिकारी गणेशमान राईले जानकारी दिएका हुन् ।
पछिल्लो समय कच्चा तेलको मूल्य अत्याधिक वृद्धि भएपछि नेपालमा पनि इन्धनको मूल्य अकाशिएको छ । योसँगै यातायात व्यवसायीहरुले भाडा बढाउन माग गर्दै आएका थिए ।
विभागका अनुसार यात्रुवाहक तर्फ १६.७१ प्रतिशत भाडा बढेको छ । मालवाहक तराई १५.७५ प्रतिशत र पहाड तर्फ २१.६८ प्रतिशतले भाडा वृद्धि भएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १सरकारले बढायो झण्डै २२ प्रतिशतसम्मले सार्वजनिक यातायातको भाडा
- २सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि शेरबहादुर देउवा र आरजुविरुद्ध पक्राउ पुर्जी जारी
- ३चार वटा संसदीय समितिका सभापतिले लिए शपथ
- ४कांग्रेस सांसद कृष्णबहादुर रोकाय बने विधायन व्यवस्थापन समितिको सभापति
- ५सरकारले भन्यो-जोरबिजोर प्रणाली लागू हुन सक्छ



तपाईको कमेन्ट लेख्नुहोस्