Techie IT
  • १९ चैत्र २०८२, बिहीबार
KhojPatrika

पहिलो महिना सांसदहरूले १८ दिनको मात्रै सेवा सुविधा पाउने


काठमाडौं । संघीय संसदअन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार भएपनि सांसदहरूको सेवा सुविधा भने चैत १२ गतेबाटै लागू भएको छ । प्रतिनिधिसभा सदस्यले उपलब्ध गराएको बैंक खातामा चैत मसान्तभित्र पहिलो महिनाको सेवा सुविधाबापतको रकम जाने संसद सचिवालयले जनाएको छ ।

पहिलो महिना उनीहरूले १८ दिनको सेवा सुविधा मात्रै पाउँदैछन् । १२ गते शपथको मितिबाट बहाल भएको गणना हुने र १३ गतेदेखि सेवा सुविधा लागू भएको बताइएको छ ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार उनीहरूले सेवा सुविधा पाउने भएका हुन् । त्यसअनुसार संघीय संसदको सदस्यले मासिक पारिश्रमिकबापत ५५ हजार २३० रूपैयाँ पाउँछन् । पारिश्रमिक उपलब्ध गराइँदा विशेष भत्तास्वरूप प्रत्येक महिना १ हजार रूपैयाँ दिने गरिन्छ ।

त्यसबाहेक जुन सांसद जतिवटा बैठकमा उपस्थित हुन्छन्, त्यसअनुसार प्रतिबैठक १ हजार रूपैयाँका दरले अलग्गै भत्ता दिने व्यवस्था छ । उनीहरूले सञ्चार सुविधाअन्तर्गत ३ हजार, आवास सुविधामा १८ हजार, फर्निचरका लागि १५ हजार, यातायात सुविधामा १ हजार, बिजुली र धाराका लागि २ हजार पाउने व्यवस्था छ । काठमाडौं उपत्यका बाहिर गएमा २ हजार ५ सयका दरले दैनिक भ्रमण भत्ता पाउँछन् ।

यात्राका क्रममा संसदका पदाधिकारीको १० लाख रूपैयाँ बीमाको व्यवस्था छ । पदमा बहाल रहेको अवस्थामा मृत्यु भएमा परिवाका सदस्यलाई २ लाख रूपैयाँ आर्थिक सहायताको व्यवस्था पनि छ । पदमा बहाल रहेकै अवस्थामा अशक्त भएमा सम्बन्धित सदस्य वा परिवारका सदस्यलाई ५० हजार रूपैयाँ आर्थिक सहायता दिने व्यवस्था पनि ऐनमा छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं