रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लेखकलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको छ ।
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै लेखकलाई तत्काल रिहाइ गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएकी हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरू विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
- २कांग्रेसमा छुट्टै भेलाबारे शेखरले भने–पहिले पनि गरिराखेकै हो, अहिले पनि हुन्छन्
- ३अब निजी क्षेत्रले घुस खुवाउन पर्दैनः अर्थमन्त्री वाग्ले
- ४प्रधानमन्त्री बालेन्द्रले गरे सांसदहरुसँग क्षेत्रगत समस्याबारे छलफल
- ५एमाले अध्यक्ष ओलीको रिहाई माग गर्दै सडकमा उत्रिए नेता,कार्यकर्ता



तपाईको कमेन्ट लेख्नुहोस्