Techie IT
  • १२ चैत्र २०८२, बिहीबार
KhojPatrika

सरकारलाई प्रश्न सोधेर सहयोग गर्छौंः हर्क साम्पाङ


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले पार्टीले अब बन्ने सरकारलाई प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताएका छन् ।

बिहीवार सिंहदरबारमा शपथग्रहणपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले नयाँ बन्ने सरकारलाई प्रश्न गरेर सहयोग गर्ने बताएका हुन ।

उनले आलोचनाले पनि सरकारलाई सहयोग हुने बताए । स्वच्छ आलोचनाले सरकारलाई सही ट्रयाकमा ल्याउने भएकोले आफूहरुले प्रतिपक्षको भुमिका निर्वाह गर्ने उल्लेख गरे ।

उनले रास्वपाले जनताको हितमा हुनेगरी संविधान संशोधनको एजेण्डा ल्याएमा दुईतिहाई पु¥याउन सहयोग गर्ने पनि बताए ।

उनले जनताले आफूहरुलाई प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्ने म्याण्डेड दिएको बताए । आगामी पाँच वर्ष समयको सही सदुपयोग गरी काम गर्नुपर्ने उनको भनाई छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं