Techie IT
  • ७ चैत्र २०८२, शनिबार
KhojPatrika

कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे


काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले समग्र चुनावी समीक्षा गरेर कार्यशैली परिवर्तन गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । बुटवल पुगेका नेता पाण्डेले एमालेले कार्यशैली नसुधारे अर्को चुनावमा स्कुटरमा अट्ने सीट जित्ने टिप्पणी गरे ।

उनले भने, ‘हामीले झन्डै १७४ सीट जित्दा दिग्विजय गर्‍यौँ भन्ने थियो नि । जोगाउन सकेनौँ। एमाले (कम्युनिस्ट)हरू पहिला ३–४ वटा बसमा आउँथे ।

७८ हुँदा एउटा बसमा आयो, अहिले माइक्रो बस भयो, अब अर्को चोटि स्कुटरमा आउँछ । यदि हामीले ठिक बाटो लिएनौँ भने त त्यही होला । त्यसैले हामी जोखिम अवस्थामा छौँ । तर सङ्कल्प गरेर अगाडि बढ्नुपर्छ, सबै कार्यशैली परिवर्तन गर्नुपर्छ ।’

उनले कमजोरीप्रति निर्मम बन्नसक्नुपर्ने बताए ।

उनले भने, ‘कमजोरीप्रति निर्मम बनेपछि मात्रै हामीले सही बाटो पहिल्याउन सक्छौँ । अन्यथा सामूहिक मलामी जाने दिन आउँछ, हेर्दाहेर्दै । सत्यको अन्तिम बिन्दुसम्म यात्रा तय गरेर मात्रै जानुपर्छ ।’


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं