हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, रुकुमपूर्वमा २ सय ५० बढी यात्रु अलपत्र
काठमाडौं । अविरल हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । शुक्रबार दिउँसोदेखि जारी हिमपातले जिल्लाको भूमे गाउँपालिका–१ अन्तर्गत पर्ने लुकुम-पातिहाल्ना सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ ।
सडक बन्द भएसँगै काठमाडौंबाट छुटेका रात्री बसहरूसहितका सवारीसाधन सो क्षेत्रमा अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार हालसम्म ७ वटा बस, एक जिप र ५ मोटरसाइकल हिमपातका कारण अघि बढ्न नसकी सडकमै रोकिएका छन् ।
ती सवारीसाधनमा सवार २ सय ५० भन्दा बढी यात्रुहरू अलपत्र परेका छन् । लगातारको हिमपात र वर्षाका कारण सडक खुलाउने काममा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ । त्यसमाथि, सो क्षेत्रमा दूरसञ्चार सेवासमेत अवरुद्ध हुँदा उद्धार तथा समन्वयमा थप समस्या उत्पन्न भएको छ ।
प्रहरीले स्थानीय तहसँग सहकार्य गर्दै यात्रुहरूको उद्धारको प्रयास भइरहेको जनाएको छ । मौसममा सुधार नआएसम्म पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन कठिन छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- २कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ३कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?
- ४हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, रुकुमपूर्वमा २ सय ५० बढी यात्रु अलपत्र
- ५१ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित



तपाईको कमेन्ट लेख्नुहोस्