यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रतिनिधिसभा निर्वाचनको नतिजाले यही व्यवस्थामै बहुमत ल्याउन सकिने कुरा पुष्टि गरेको बताएका छन् ।
मंगलबार फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिँदै महामन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘आम निर्वाचन २०८२ मा बहुमत प्राप्त गर्न सफल भएकोमा रास्वपा सभापति रवि लामिछाने जी र प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाह जीलाई बधाई तथा सफल कार्यकालको शुभकामना,’ महामन्त्री पौडेलले भनेका छन्, ‘यस मत परिणामले अहिलेको व्यवस्थामै पनि बहुमत प्राप्त गर्न सकिने पुष्टि गरेको छ ।’
अब बन्ने सरकारले देश र जनताको हितका लागि काम गर्ने उनले विश्वास व्यक्त गरेका छन् । ‘त्यस्ता हरेक काममा हाम्रो साथ र समर्थन रहने प्रतिबद्धता जनाउँदछौँ,’ उनले लेखेका छन् । दूरगामी महत्त्व राख्ने मुद्दाहरूमा साझा राष्ट्रिय सहमति निर्माण गर्नसमेत उनले आह्वान गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्