गगन थापाको सन्देश– बदलिएको कांग्रेसले सिद्धान्तसँग सम्झौता गर्दैन, सत्तामा जान जोसँग पनि मिल्दैन
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिले पनि नराख्ने बताएका छन् ।
आज एक भिडिओ सन्देश जारी गर्दै विगतको गल्ती सच्चाउँदै अघि बढ्ने बताए । उनले भनेका छन्, ‘यो बदलिएको नेपाली कांग्रेसले हिजोको कांग्रेसले गरेका कयौँ राम्रा कुराहरूलाई गर्छ ।
कयौँ कुराहरू जुन हामीले नजानेर होला, कहिलेकाहीँ कतिपय कुराहरू हाम्रो गल्ती नै भएको पनि होला, त्यो कुराहरू यसले छोड्छ । बदलिएको नेपाली कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिले पनि राख्दैन । सिद्धान्तसँग सम्झौता गर्नु पर्यो भने जे छोड्नुपर्छ त्यो छोड्छ ।’
उनले सिद्धान्तसँग केही कुरा पनि सम्झौता नगर्ने बताए । उनले भने, ‘सत्तामा पुग्न वा टिक्नको लागि, जे पनि गर्ने, जोसँग पनि मिल्ने गर्दैन। बरु आनन्दले सरकार बाहिर बस्छ। पार्टी भनेको ‘इलेक्सन मेसिन’ होइन।’
बदलिएको कांग्रेसले हिजोको नेपाली कांग्रेसले गरेको राम्रो कामहरूको अनुसरण गर्ने बताए ।उनले थपेका छन्, ‘बदलिएको नेपाली कांग्रेसले राष्ट्रको हितभन्दा माथि पार्टीको हित कहिले पनि देख्दैन । पार्टीको स्वार्थभन्दा माथि राष्ट्रको स्वार्थ राख्छ । सिद्धान्तसँग सम्झौता ‘नो’ गर्दैन ।’
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
- २कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
- ३प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
- ४सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
- ५नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने



तपाईको कमेन्ट लेख्नुहोस्