Techie IT
  • २२ माघ २०८२, बुधबार
KhojPatrika

धाँधलीको आशंका गर्दै ओलीले भने-भ्याइँदैन भने मिति सार, चुनाव एकै दिन हुनुपर्दछ


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुई चरणमा चुनाव गर्न खोजेर सरकारले धाँधली गर्न खोजिरहेको आशंका गरेका छन् । बुधबार साँझ काठमाडौंमा रहेका झापालीसँग निर्वाचन विशेष भेटघाट कार्यक्रममा ओलीले हिमाली भेगमा निर्वाचन हुन नसक्ने भन्दै दुई चरणमा गर्न लागेको कुरा सुनिरहेको बताए ।

पार्टीका प्रतिनिधि वा उम्मेदवारको आँखाबाट एक सेकेन्ड पनि बाक्सा ओझेल पर्न नहुने भन्दै उनले भने, ‘तत्काल भोट सकिएपछि बाक्सा गन्ने ठाउँमा प्रतिनिधिहरूको पार्टीका प्रतिनिधिहरूको रोहबरमा उनीहरूका आँखा अगाडि गन्ने ठाउँमा पुर्‍याइनुपर्छ र बाक्सा खोलेर तत्काल गनिनुपर्दछ ।

बाक्सा राखेर छोडेर जाऊ हामीमाथि विश्वास गर होइन भने डन्डा लगाएर विश्वास गराउँछौँ । के हो त्यस्तो ? निर्वाचन हुँदैछ भन्ने कुरामा हामीलाई विश्वास भइरहेको छैन ।’ हिमाली भेगमा हिउँ पर्छ भन्ने कुरा अस्ति थाहा नहुने, अहिले आएर कसरी थाहा भो भन्दै उनले प्रश्न गरे ।

‘हामीले उहिले भनेका छौँ एकैचोटिलाई मिति राख, अहिले पनि हामी भन्न चाहन्छौँ( भ्याइँदैन भने मिति सार, एकै दिन निर्वाचन हुनुपर्दछ, सोझै निर्वाचन भइसकेपछि मतगणना गरिनुपर्दछ । धाँधली गरेर निर्वाचनको नाटक चल्दैन ।’

यदि राज्य कसलाई जिताउने र कसलाई हराउने भनेर लाग्छ भने त्यसले अनिष्ट पैदा गर्ने ओलीले चेतावनी दिए ।

‘मैले अस्ति देखि भनिआएकै छु, फेरि पनि भन्न चाहन्छु। नेकपा एमालेको यो अनुरोध हो। कुनै रोदन भन्ने नठान्नुहोला यो रोदन होइन, प्रतिवाद हुनेछ त्यो पनि म भन्न चाहन्छु’उनले भने ।

ओलीले थपे, ‘चुनाव आउन लाग्यो भनेपछि आयोगमा दर्ता गरेर यसो चुनाव उठिहालौँ त दुई(चार जना चुनाव लडी खेलौँ भनेर चुनाव लडी खेल्नका लागि बनाएको पार्टी होइन एमाले ।

यो देश बनाउने जिम्मेवारी लिएको पार्टी हो। सरकारको निष्पक्षताको ग्यारेन्टी हुनुपर्छ । पेलपाल चल्छ भन्ने सोचेको छ भने त्यो नसोच्दा हुन्छ । देशमा ठूलो अनिष्ट हुन सक्छ यदि राज्यले पेलपाल गर्न खोज्यो धाँधली गर्न खोज्यो भने।’


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं