Techie IT
  • २२ माघ २०८२, बुधबार
KhojPatrika

घरदैलोमा रुकुमपश्चिमका कांग्रेस उम्मेदवार (फोटो फिचर)


रुकुमपश्चिम । नेपाली कांग्रेस रुकुमपश्चिमले मतदातासँग भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । विभिन्न पालिकाहरुमा कार्यतालिका नै बनाएर कांग्रेसले चुनावी अभियानलाई तिब्रता दिएको हो ।

मंगलबारदेखि बाँफिकोट गाउँपालिकामा सुरु गरिएको घरदैलो अभियान विभिन्न वडाहरुमा भइरहेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फका उम्मेदवार राजु केसी र समानुपातिक तर्फ मानबहादुर नेपाली चुनावी प्रतिष्पर्धामा छन् । घरदैलो अभियानमा सर्वसाधारणको उल्लेख्ख सहभागिता रहेको छ ।

कार्यक्रममा सहभागिहरुले लामो समयसम्म रुखमा भोट हाल्न नपाउँदा दुख लागेको भन्दै यो पटक आफ्नै उम्मेदवार घरदैलोमा आउँदा खुशी लागेको बताएका छन् ।

उम्मेदवार राजु केसीसहितको टोलीले बुधबार बिहान बाँफिकोट गाउँपालिका–९ झुला पुराना गाउँमा मतदातासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

तस्वीरहरुः लक्ष्मण केसी


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं