Techie IT
  • १० माघ २०८२, शुक्रबार
KhojPatrika

कांग्रेसले बनायो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार


काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।

सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने प्रस्ताव उपसभापति शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा राखेका थिए ।

त्यो प्रस्तावलाई अर्की उपसभापति पुष्पा भुसालले समर्थन गरेपछि केन्द्रीय कार्यसमितिले एकमतले पारित गरेको उपसभापति शर्माले जानकारी दिए ।

उम्मेदवार घोषणा गर्दा ५ मापदण्ड बनाएर त्यसलाई स्वीकार गर्ने गरी उम्मेदवार घोषणा गरिएको शर्माको भनाइ थियो ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं