जाँचबुझ आयोगको म्याद २० दिन थप
काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको म्याद थप भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको हो । आयोगले काम नसकेपछि आयोगका अध्यक्ष गौरीशंकर कार्कीले प्रधानमन्त्री सुशीला कार्की समक्ष पुन म्याद थपका लागि अनुरोध गरेका थिए ।
आज मन्त्रिपरिषद्ले निर्णय गरेर २० दिन आयोगको म्याद थप गरेको हो । यसअघि आयोगको गठन गर्दा ३ महिनाभित्र घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार समय दिइएको थियो ।तर तोकिएको समयमा काम नसकिएपछि दोस्रोपटक म्याद थप गरेको हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्