Techie IT
  • ९ माघ २०८२, बिहीबार
KhojPatrika

आशिकाविरुद्ध आएको उजुरी फिर्ता


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध लगिएको उजुरी निर्वाचन कार्यालयले दर्ता गर्न अस्वीकार गरेको छ ।

तोकिएको समय सकिएपछि आएको ठोस प्रमाणबिनाको उजुरी कार्यालयले हिजै फिर्ता गरिदिएको हो । तामाङसँग जर्मनीको पीआर भएकाले उम्मेदवारीका लागि योग्य नहुने भन्दै उजुरी दिन खोजिएको थियो ।

यद्यपि, उजुरीकर्तासँग त्यस्तो पुष्टि गर्ने प्रमाण नरहेकोले फिर्ता लिइएको हो । आशिका लामो समय जर्मनीमा बसेर त्यहीँको नागरिकसँग विवाह गरेकी छिन् ।

उनीहरूका दुई सन्तान पनि छन् । आशिकाले नेपालको नागरिकता–पासपोर्ट भने त्यागेकी छैनन् । उनले जर्मटीको ‘टिआर’ लिएकी थिइन् ।

यो कार्डको प्रावधान अनुसार ६ महिनाभन्दा बढी समय देशबाहिर रह्यो भने स्वतः निष्क्रिय हुन्छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं