Techie IT
  • ३ माघ २०८२, शुक्रबार
KhojPatrika

एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा रहेका सबै नेता कार्यकर्ताहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएसँगै उनले पार्टीलाई बलियो बनाउने जिम्मेवारी आफ्नो काँधमा आइपरेको बताएका हुन् ।

एक विज्ञप्ति जारी गर्दै थापाले नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको बताएका छन् । ‘विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौँ ’ उनले भनेका छन् ।

विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका सहमत भएका वा नभएका सबैलाई उनले संयम ,जिम्मेवार र एकताबद्ध बन्न आह्वान गरेका छन् । ‘विश्वास र भरोसा राख्नुहोस अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा सुरु भइसकेको छ।

अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भई लाग्नुपर्नेछ ’ उनले भनेका छन्, ‘ यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पूर्व सभापति शेरबहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौँ। ’


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं