रातिसम्म मिलाउँछौं, अन्यथा निर्णयमा किन जानेः सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा समझदारी गरेर जानुपर्ने बताएका छन् । पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग सभापति देउवालाई उदृत गर्दै प्रवक्ता प्रकाशशरण महतले समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने भनेर बताएको उल्लेख गरेका हुन् ।
‘पार्टी नेतृत्व नियमित महाधिवेशनबाट आउँछ । यसमा द्विविधा छैन भन्ने सबैलाई थाहा छ । अब विग्रहको बाटोमा जानुहुँदैन,’ बैठकपछि महतले भने, ‘पार्टीलाई मजबुत गर्ने बाटोमा जानुपर्छ । अझै पनि रातिसम्म पनि समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने भन्ने पार्टी सभापतिको भनाइ छ ।’
महतले भोलिसम्म छलफलले निष्कर्ष निकाल्ने पनि बताए । ‘भोलिसम्म सकरात्मक हुन्छ भन्ने आशा छ । पार्टी विभाजनमा लगेर कसैलाई फाइदा छैन । नेपाली जनता, पार्टी र देशलाई नै फाइदा छैन,’ महतले भने, ‘देशलाई जोगाउने भनेको नयाँ पार्टीले पनि सक्दैन ।
पुराना अन्य पार्टीले पनि सक्दैनन् । सक्ने भनेको कांग्रेसले मात्रै हो ।’ उनले महामन्त्रीहरूलाई अनुरोध गर्दै थपे, ‘अहिले अन्यथा बाटोमा जाने बेला होइन । सबै साथीहरूको भावनालाई कदर हुन्छ, पार्टी एकताबद्ध भएर जाँदा सबैको सम्मान हुन्छ । उहाँहरूको योग्यता क्षमता छ त्यसको प्रयोग यहाँ हुन्छ ।’
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्