प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रवक्ता डा. प्रकाशशरण महतलाई धेरै बकबक नगर्न सुझाएका छन् ।
कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकमा चुप लागेर बस्ने तल आएर धेरै बकबक नगर्न सुझाव दिएका हुन् ।
उनले भने, ‘मैले उहाँलाई भरखर पढाएर आएको, माथि चुप लागेर बस्ने तल आएर बोल्न हुँदैन । कि मलाई माथि नै प्रश्न गर्नुपर्थ्यो । मैले आज उहाँलाई पाँचौँ पटक पढाएको ।’
महाधिवेशनको विवाद चर्किँदै जाँदा महामन्त्री थापा र प्रवक्ता महतबीच पछिल्लो समय सवाल जवाफ चलिरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्