Techie IT
  • १६ पुस २०८२, बुधबार
KhojPatrika

मधेश प्रदेश सरकारले पायो पूर्णता, थपिए ६ मन्त्री


काठमाडौं । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज चार वटा दलबाट ६ जना मन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

यस्तै जसपा नेपालबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिषकुमार सुमन श्रम तथा यातायात मन्त्री बनेका छन् । यस्तै, जनमतबाट वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण र नेकपा माओवादी केन्द्रबाट फकिरा महत्व गृह सञ्चार तथा कानुनमन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरू प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट पद तथा गोपनियताको शपथ लिएका छन् । यससँगै मधेस सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । गत १९ मंसिरमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

२१ मंसिरमा पद तथा गोपनीयताको शपथ लिएका मुख्यमन्त्री यादव सोही दिन तीन जना मन्त्री नियुक्त गरेका थिए । दोस्रो पटक उनले गत २९ मंसिरमा दुई जना मन्त्री नियुक्त गर्दै बिना विभागीय मन्त्रीहरूलाई समेत जिम्मेवारी तोकेका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं