बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्छन् ? : केपी शर्मा ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा, बालेन शाह र उज्यालो नेपाल पार्टीको एकतालाई लक्षित गर्दै बाख्रा र कुखुराको मोर्चाबन्दीले बाघको मुकाबिला गर्न नसक्ने टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘अहिले त्यस्तो स्थिति पनि होइन ।
यसो हेर्छन् । विशालकाय एमाले देखेको छ । अनि योसँग पनि मिलौं भनेको छ, ऊसँग पनि मिलौं भनेको छ ।’ ओलीले थपे, ‘विशालकाय एमालेसँग भिड्नुछ । अनि लौ न मिलौं भनेर कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर सिंहको शिकार हुन्छ ? मुकाबिना हुन्छ ?’
कांग्रेसप्रति नरम सुनिएका ओलीले भने, ‘एकातिर नेपाली कांग्रेस छ । छेउमा नगएसम्म त मजै छ । छेउमा गएपछि त गाह्रै पार्छ नि नेपाली कांग्रेसले ।’ देशमा को लोकप्रिय छ भन्ने चर्चा निर्वाचनसँगै रहने उल्लेख गर्दै उनले घरघरबाट प्रधानमन्त्री घोषणा गरेको भन्दै बालेन शाहप्रति व्यंग्य गरे । ‘प्रधानमन्त्री बनाइसके मान्छेले-घरैमा । हामी चुनाव पर्खिरहेका छौं । कहिले होला ? फागुन २१ मा होला, अर्को वैशाखमा होला वा अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौं,’ उनले भने ।
महाधिवेशनबाट हामीले धेरै कुराको जवाफ दिएजस्तै निर्वाचनबाट हामी राष्ट्रिय फैसला पनि दिने उनले बताए । ‘त्यसको लागि हामी तयार छौं भन्ने सन्देश पनि महाधिवेशनले दिएको छ,’ ओलीले भने ।
लोकतन्त्र अजेय रहेकोले यसलाई कसैले जित्न नसक्ने ओलीले बताए । खेलमा खेलाडीहरूमध्ये को कतिबेला पछारिन्छ थाहा नभए पनि उत्कृष्ट खेलाडीले जित्ने उनको तर्क थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्