Techie IT
  • १५ पुस २०८२, मंगलबार
KhojPatrika

केही मानिस देशै कब्जा गरिसक्यौं भनेजसरी रमाइरहेका छन्ः प्रचण्ड


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशै कब्जा गरिसक्यौं भने जसरी केही मानिस सामाजिक सञ्जालमा रमाइरहेको बताएका छन् ।

विचारविहीन, इतिहासविहीन, त्याग तपस्या र बलिदान नभएकाहरूले अहिले सामाजिक सञ्जालमा देशै कब्जा गरिसक्यौं भनेजसरी हल्ला चलाएको प्रचण्डको भनाइ छ ।

रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई धन्यवाद व्यक्त गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले सोसल मिडियाहरूमा होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेजसरी सहर बजारमा हल्ला चलाइएको चर्चा गरे ।

उनले लामो इतिहास भएका पार्टीहरू अब सिद्धिसके भन्ने हल्ला जनताले नपत्याएको भन्दै जनतामा नेपाली कम्युनिष्ट पार्टी र यसले लिएको विचारप्रति आकर्षण रहेको जिकिर गरे ।

प्रचण्डले अहिलेको समय सूचना र प्रविधि (आईटी) र एआईको भए पनि यसको प्रयोगमा सचेत हुनुपर्ने बताए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं