नेपालमा विदेशी चलखेल भइरहेको छः डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा विदेशी चलखेल रहेको बताएका छन् । थापागाउँमा मंगलबार मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन समारोहमा उनले नेपालमा छिमेकी मुलुकसँगै विश्वको शक्तिशाली देशको चलखेल रहेको बताएका हुन् ।
कोइरालाले भने ‘नेपाल जहाँ अवस्थित छ, एकदमै स्ट्याटिजिटिक लोकेसनमा छ । विश्वमा बहुत कम देश होलान् जो नेपालजस्तो स्ट्याटिजिटिक लोकेसनमा भएको होलान् । जहाँ दुईटा ठूला छिमेकीहरू हाम्रो उत्तर र दक्षिणमा छन्,’ ‘र, विश्वको शक्तिशाली देशको पनि यहाँ चलखेल छ ।’
उनले नेपालमा विदेशी चलखेल छैन भन्न नमिल्ने जिकिर गरे । ‘स्वभाविक हो, हुन्छ पनि । दुईटा छिमेकीहरूको त हुने नै भयो,’ नेता कोइरालाले भने, ‘यसलाई हामीले छैन भनेर भन्न मिल्दैन । एकदम स्वाभाविक छ यो कुराहरू ।’
कोइरालाले दलका नेताहरू आफ्नो स्वार्थका लागि गलत कदमहरू चालिरहेका पनि टिप्पणी गरे । नेता कोइरालाले अब बन्ने सरकारहरूले गलत कुराहरूलाई प्राथमिकतामा नराख्ने र गलत काम गर्नेहरूलाई दण्डित गर्नेमा जोड दिएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्