Techie IT
  • १३ पुस २०८२, आईतबार
KhojPatrika

प्रतिनिधिसभा चुनावका लागि आचार संहिता स्वीकृत


काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा चुनावका लागि आचार संहिता स्वीकृत गरेको छ । सरोकारवाला समेतको सुझावका आधारमा आचार संहिता स्वीकृत गरिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आचार संहिता लागू हुने मिति भने केही दिनमा सार्वजनिक गरिने भट्टराईले बताए ।

आचार संहितालाई सबैले पालना गरेर निष्पक्ष, स्वच्छ, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने उनको भनाइ छ । आचार संहितामा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उम्मेदवारको संख्याका आधारमा दलहरू खर्चको सीमामा रहनुपर्ने पनि आचारसंहितामा उल्लेख छ । दल, उम्मेदवार र पार्टीका नेता कार्यकर्ताले विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाउने, एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न नपाउने लगाएतका विषय पनि आचार संहितामा समेटिएको छ ।

आजै राष्ट्रियसभा निर्वाचनको सुरक्षा तयारीबारे सुरक्षा निकायसँग जानकारी लिइएको छ । आइतबार आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा आयोगले निर्वाचनको सुरक्षाको विषयमा जानकारी लिएको हो । आचार संहितामा सामाजिक सञ्जालको नियमनलाई प्राथमिकता दिइएको छ ।

निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा प्रचार-प्रसार गर्न नपाइने । गलत, भ्रामक वा झुटा सूचना प्रवाह गर्न, फेक अकाउन्ट सञ्चालन गर्न र कसैको चरित्र हत्या हुने सामग्री पोस्ट वा सेयर गर्न निषेध गरिएको छ । उम्मेदवारले आफ्नो आधिकारिक पेजबाट मात्र सिद्धान्त र कार्ययोजना भने सार्वजनिक गर्न पाउने छन् ।

दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, झोला, टिसर्ट, ज्याकेट जस्ता साङ्केतिक सामग्रीहरू लगाउन र बोक्न रोक लगाइएको छ । जुलुस, आमसभा वा बैठक सभ्य र अनुशासित तरिकाले गर्नुपर्नेछ ।

साथै सवारीसाधन प्रयोग गर्दा निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने र तोकिएको आकारको झण्डा र चिह्न मात्र प्रयोग गर्न भनिएको छ । जिल्लादेखि केन्द्रसम्म अनुगमन संयन्त्र बनाइने र आचार संहिता उल्लंघन गर्नेलाई सचेत गराउने, जरिबाना गर्नेदेखि उम्मेदवारी रद्द गर्नेसम्मको व्यवस्था छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं