जेनजी विद्रोहीलाई अपराधी करार गर्न खोज्दै छिन् प्रधानमन्त्रीः विप्लव
काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी विद्रोहीहरूलाई अपराधी करार गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले उक्त आरोप लगाएका हुन् । महासचिव विप्लवले जेनजी विद्रोहले बनाएको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले काँग्रेस, एमाले र माओवादीका कार्यकर्तालाई देखाएर जेनजी विद्रोहीहरूलाई अपराधी करार गर्ने काम गरिरहेकाले देशको अवस्था बेहाल हुन पुगेको जिकिर गरे ।
विभिन्न फुटेज हेरेर काँग्रेस, एमालेका कार्यकर्ताहरूले मेरो घर जलाएको रहेछ भन्न लगाएर सरकारले जेनजी विद्रोहीलाई घुमाउरो पाराले अपराधी बनाउने कोसिस गरिरहेको उनको भनाइ थिए ।
महासचिव विप्लवले जेनजी विद्रोह असफल भइसकेको र त्यसमा सरकारको भूमिका रहेको दाबी गरे । विगतमा विद्रोहलाई पनि आतंककारी भनेर बदनाम गर्न खोजिएको भन्दै महासचिव विप्लवले अहिले जेनजी विद्रोहलाई पनि बदनाम गराउने काम भइरहेको बताए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्