सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई कुनै संकटको घडीको रुपमा लिन नहुने बताएकी छिन् । सोमबार सिंहदरबारमा आयोजना गरिएको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले निर्वाचनलाई परिवर्तनको मार्गको रुपमा बुझ्न आग्रह गरिन् ।
‘निर्वाचन भनेको हाम्रो लागि कुनै संकटको घडी होइन, खुशीको घडी हो । परिवर्तनको मार्ग हो । आजसम्म नेपालमा केही परिवर्तन आएका छन् भने निर्वाचनले नै हौ,’ उनले भनिन् । उनले अहिलेको चुनौतीको रुपमा युवा वर्गलाई फ्रन्टमा ल्याउनुपर्ने बताइन् । ‘अचानक यो परिस्थिति आयो ।
भदौ २३ र २४ गते सोचसमचभन्दा बाहिरको घटना जे घट्यो । जुन हामी परिकल्पना समेत गरेका थिएनौं । सिंगो राष्ट्रले एउटा परिवर्तनको महसुस गर्यो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिलेको चुनौती भनेको युवा वर्गलाई कसरी फ्रन्ट रोमा ल्याउने, उनीहरूको नेतृत्वमा मुलुकलाई कसरी अघि बढाउने भन्ने भावना आयो ।
देशको सर्वैसर्वा भनेको जनता नै रहेको उनले बताइन् । ‘कुनै पनि राजनीतिक दलभित्र भागबन्डा मिल्यो भने त्यसको तनाव जनतालाई दिन हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सबैभन्दा ठूलो महान भनेको जनता हो । राजनीतिक दल भनेको सेकेन्डरी कुरा हो ।
जनता के चाहन्छरु अहिलेको माग के हो रु जेनजी आन्दोलनमा बालक मारिए, त्यसले त जनतामा प्रभाव परेको छ नि त । हामीले के का लागि परिवर्तन गर्ने रु जेनजीले के खोजेको, युवा पुस्ताले के खोजेको भन्ने त बुझ्नुपर्यो । मेरो गोरुको बाह्रै टक्का गरेर हुँदैन ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्