विदेशबाट मतदान तथा अन्तर क्षेत्र निर्वाचनको कानुनी मस्यौदा तयार, होला त सम्भव ?
काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नागरिकले मतदान गर्न सक्ने कानुनी मस्यौदा तयार गरेको छ । यस्तै, आयोगले अन्तर क्षेत्र निर्वाचनका लागि समेत तयारी गरेको जानकारी गराएको छ ।
सोमबार प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दलहरु र नागिरक प्रतिनिधिसँगको छलफलमा आयोगले प्रस्तुतीकरण दिएको छ ।
आयोगका प्रतिनिधिका तर्फबाट दिइएको प्रस्तुतीकरणमा अन्तर निर्वाचन क्षेत्रमा हुने मतदान तथा मतगणनामा सम्बन्धित उम्मेदवारको प्रतिनिधित्वको विषय र मतदानको अन्य पद्धतिको अवलोकन गर्दा मतदानको गोपनियताको विषय पनि ध्यानाकर्षण भएको र राय सुझाव प्राप्त भएको जानकारी गराइएको छ ।
आयोगले अदालतको आदेश, निर्वाचन आयोगको तयारी, स्रोत व्यवस्थापनका विषय, नयाँ व्यवस्थाको कार्यान्वयन गर्दा आउने अवसर, प्रभाव, चुनौती र गराइएका ध्यानाकर्षणका विषयलाई मध्यनजर गरेर बैठकमा प्रस्तुतीकरण गरेको हो ।
विदेशमा रहेका नेपालीले मतदान गर्ने विषय, अन्तर निर्वाचन क्षेत्र मतदान समानुपातिक वा प्रत्यक्षतर्फ मध्ये दुवै वा एकमा र कुनै पनि उम्म्दवारलाई समर्थन नरहेको भनी मतदान गर्ने विषयमा स्पष्ट धारणा अपेक्षा गरिएको बैठकमा आयोगका प्रतिनिधिले बताएका छन् ।
‘मतदाता नामावली ऐन २०७३ मा विदेशमा रहेका नेपालीको नामावली संकलनका लागि ऐनको बहिर क्षेत्रीय प्रयोगको व्यवस्था र विदेशमा रहेका नेपालीको नाम दर्ता गर्ने विषय र मतदानका लागि अस्थायी मतदाताको उपयोग गर्ने विषय समेटिएको छ ।
प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ मा विदेशबाट मतदानको विषयका लागि नियोगको परिभाषा र विदेशबाट मतदान गर्ने सम्बन्धी व्यवस्था समावेश गरिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्