Techie IT
  • १ पुस २०८२, मंगलबार
KhojPatrika

रवीन्द्र मिश्र आफ्नै निर्वाचन क्षेत्रमा उपेक्षित


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आफनै निर्वाचन क्षेत्र काठमाडौं १ मा उपेक्षित भएका छन । पार्टीको वडा अधिवेशनका क्रममा सो निर्वाचन क्षेत्रमा पर्ने चार वटै वडाको अधिवेशनमा उनलाई नबोलाइएको हो ।

वडा नम्बर ३१, वडा नम्बर २९, वडा नम्बर १० र वडा नम्बर ११ को अधिवेशनमा मिश्र बिना नै अधिवेशन सम्पन्न भएको छ । वडा ३१ को अधिवेशनले चमन कोईरालाको अध्यक्षतामा सर्वसम्मत रुपमा वडा समिती चयन गरेको छ ।

यस्तै, वडा नम्बर १० मा सरोज जंग थापाको नेतृत्वमा सर्वसम्मत वडा समिती गठन भएको छ । वडा नम्बर २९ मा रीना वलीको अध्यक्षतामा कार्यसमिती गठन भएको छ । वडा नम्बर ११ मा सर्वसम्मत रुपमा अम्विका अर्यालको नेतृत्वमा समिति गठन भएको छ ।

कुनै पनि अधिवेशनमा आफूलाई नबोलाएपछि मिश्रले कार्यसम्पादन समिति बैठकमा गुनासो गरेको बताइएको छ । उनको गुनासोलाई बैठकमा कसैले गम्भीरतापूर्वक नलिएपछि उनी रुष्ट भएको बताइएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं