Techie IT
  • २८ मंसीर २०८२, शनिबार
KhojPatrika

रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?


रुकुमपश्चिम । नेपाली कांग्रेस रुकुमपश्चिममा प्रतिनिधिसभाको उम्मेद्वार छनोटमा सकस परेको छ । मंसिर २४ गतेदेखि सु्रु भएको जिल्ला कार्यसमिति बैठकले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार छनोट गरी सिफारिस गर्नुपर्ने हो । तर, बैठकमा आकांक्षी धेरै भएपछि सहमति जुट्न सकेको छैन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पूर्वराज्यमन्त्री गोपाल जी जंग शाह, जिल्ला पार्टी सभापति प्रेमप्रकाश ओली,उपसभापति सुरतजंग मल्ल, युवा नेताद्धय राजु केसी र शिव आचार्यले दावी गरिरहेका छन् । तर, कांग्रेस जिल्ला कार्यसमितिमा प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गर्ने की तीन जनाको मात्र नाम पठाउने भन्ने सहमति जुटेको छैन् ।

बैठकमा सहभागी एक नेताका अनुसार दाबेदार गरेका सबैको नाम पठाउन कार्यसमितिमा दवाव दिइएको छ । तर, पदाधिकारीमा सहमति जुटाउने भन्दै अल्झाइएको छ । बैठकमा पुर्वराज्यमन्त्री शाहले आफुलाई एकल सिफारिस गर्न नेताहरुलाई आग्रह गरेका थिए ।

सभापति ओलीले भने आफु पनि चुनाव लड्न चाहेकोले आफ्नो पनि नाम सिफारिस हुनुपर्ने बताएका थिए । बैठकमा देशको परिस्थिति बदलिएको भन्दै आकांक्षी राजु केसीले युवालाई उम्मेद्वार बनाएर जानुपर्ने बताएका थिए । कांग्रसले आइतबार सहमति जुटाएर निर्णय गर्ने तयारी गरिएको बताइएको छ ।
सहमति नै नभई कसरी बाहिरियो नाम ?
तीन दिन बैठक बस्दा समेत जिल्ला कार्यसमितिले निष्कर्ष निकाल्न सकेको छैन् । शनिबार धेरै नेताहरुले कार्यब्यस्थता भएको जनाउँदै आइतबार बैठक भनिएको थियो । तर, शनिबार नै सहमति जुटेको भन्दै विभिन्न ब्यक्तीको नाम सार्वजनिक भएपछि किचलो झनै बढेको छ ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ पूर्वराज्यमन्त्री गोपाल जी जंग शाह र पार्टी सभापति प्रेम प्रकाश ओलीको नाम सार्वजनिक गरिएको थियो । प्रत्यक्ष तर्फ सिफारिस गर्न एक जना महिलाको टुंगो लगाउन बाँकी रहेको भन्दै समाचारहरु प्रकाशित भएका थिए । समानुपातिकतर्फ भने मानबहादुर नेपाली र मनिषा भण्डारीको नाम सिफारिस भएको उल्लेख गरिएको थियो ।

राष्ट्रिय सभा सदस्य उम्मेदवारमा भने वीरबहादुर ओलीको नाम आएको छ । समानुपातिक र राष्ट्रिय सभामा उम्मेद्वार छनोटमा विवाद नदेखिएपनि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने दावी गरेका नेताहरुबीच सहमति हुन सकेको छैन् । सहमति जुटेको भनिएका उम्मेद्वार सिफारिसका लागि कांग्रेस जिल्ला कार्यसमितिले कुनै लिखित निर्णय गरेको छैन् ।

पूर्वराज्यमन्त्री गोपाल जी जंग शाहले पनि पार्टीमा कुनै निर्णय नभएको जानकारी दिए । शाहले शनिबार नेताहरुको ब्यस्तताले बैठक बस्न नसकेको र आइतबार बैठक बसेर टुंगो लगाइने जानकारी दिए । उनले सर्वसम्मत रुपमा आफ्नो एकल नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस गर्न आफुले आग्रह गरेको बताए ।

उम्मेद्वारका आकांक्षी राजु केसीले भने कुनै कोठे बैठकमा गरिएको निर्णय मान्य छैन् । कार्यसमितिले लिखित रुपमा माइन्युट गरेपछि मात्रै आधिकारिक हुन्छ । अहिले गरिएको हल्लामा कुनै तुक छैन् । बैठक बसेर निर्णय भयो भने भनौला । कुनै लिखित माइन्युट नभई निर्णय भएको भनेर आएका समाचारप्रति अच्चमित भएको छु ।

सभापति प्रेम प्रकाश ओलीले नै निर्णय भयो भनेर सञ्चार माध्यममा सुचना दिएकोमा जिल्ला नेताहरुले आपत्ति जनाएका छन् ।  निर्णय समेत सार्वजनिक गर्न सभापति ओलीलाई उनीहरुले चुनौती दिएका छन् ।

नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष खड्कबहादुर डाँगीले पनि उम्मेद्वार सिफारिसबारे प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत निर्णय नभएको कुरा कसरी बाहिरियो भन्दै नेताहरुलाई प्रश्न गरेका छन् ।

उनले लेखेका छन् आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि नेपाली काग्रेस केन्द्रीय कार्यलयको परिपत्र अनुसार रुकुम पश्चिमबाट सिफारिस हुने उम्मेदवारका सम्बन्धमा पाटी पदाधिकारी ज्युहरु र पुर्बराज्य मन्त्री गोपाल जि जङ्ग शाह ज्युले निर्णय भएको छैन भनिरहनु भएको छ ।

सभापति ज्युको भनाई उदृत गर्दै स्थानीय मिडियामा निर्णय भैसकेको भनी समाचार प्रकासित र प्रसारित भएका छन बास्तबिकता के हो ? पत्रकार साथीहरू विभिन्न पालिकाबाट साथीहरूले सोधिरहनु भएको छ यसरी निर्णयलाई गुम्राहमा नराखी सत्य तथ्य बाहिर ल्याउन नेपाली काग्रेस रुकुम पश्चिमसँग बिनम्र अनुरोध गर्दछु ।

जिल्ला पार्टीले उम्मेदवारहरुको नामावली टुंगो लगाएपछि प्रदेश समितिमा सिफारिस गर्नुपर्नेछ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं