सञ्चारमन्त्रीको टिप्पणीः नेताहरु घाटमा जाने बेलासम्म पनि आफैँ नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन्
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुने दाबी गरेका छन् । शुक्रवार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले राजनीतिमा युवाहरुको उपस्थितिलाई कसैले रोकेर नरोकिने बताए । उनले राजनीतिलाई नीतिहरुको राजा मान्ने हो भने समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम र युवाहरुको उपस्थिति अनिवार्य रहेको बताए । राजनीतिक दलहरुलाई युवाहरुलाई राजनीतिक नेतृत्वमा ल्याउनका लागि तयार नभइ सुख नरहेको जिकिर गरे । घाटमा जाने बेलासम्म पनि आफैँ नेता बन्ने, आफैँ प्रमुख बन्ने, आफैँ प्रधानमन्त्री बन्ने, आफैँ अध्यक्ष बन्ने गरेको टिप्पणी गरे ।
उनले भने, ‘नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनेवाला छ । जबरजस्त उपस्थिति हुनेवाला छ । कसैले रोकेर रोकिँदैन । पार्टीभित्र र नयाँ पार्टीभित्र । यदी नीतिहरुको राजा राजनीति मान्ने हो भने अब हरेक राजनीतिक पार्टीहरुले स्पष्ट रुपमा समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम गर्नुपर्छ ।
युवाहरुलाई राजनीतिक नेतृत्वमा ल्याउनका लागि तयार नभइ सुखै छैन । रहरले त किन दिन्थे र दिए र रु घाटमा जाने बेलासम्म पनि आफैँ नेता बन्ने, आफैँ प्रमुख बन्ने, आफैँ प्रधानमन्त्री बन्ने, आफैँ अध्यक्ष बन्ने, यो त देखिराखिएको छ त फेहरिस्त । अहिले दिन्छु दिन्छु भनेर मन फुकाएर दिएको होइन नि । बाध्यता हो । नदिकन सुखै छैन, दिनुपर्छ ।’
मन्त्री खरेलले नेपालको वर्तमान स्थितिले युवा राजनीति र नेतृत्वमा जाज्वल्यमान उज्यालो ल्याउने बताए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १प्रतिनिधिसभा निर्वाचनः पाल्पा–२ बाट डा.महेश्वरी कुँवर कांग्रेस उम्मेदवार सिफारिस
- २आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
- ३सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
- ४जेन–जी युवाहरुको चेतावनीः विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न नसके सडकमा उत्रिन्छौँ
- ५मानव-वन्यजन्तु द्वन्द्व र वन डढेलोको कारण मिचाहा प्रजाति पनि एक होः मन्त्री परियार



तपाईको कमेन्ट लेख्नुहोस्