महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौँः ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टी महाधिवेशनमा पराजित भएपनि आफूहरु सधैं एमाले भएर रहिरहने बताएका छन् । पार्टीको आसन्न ११ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार घोषणा गरेका उनले प्रतिष्पर्धामा जानेहरुले पराजयलाई पनि स्विकार गरेर अघि बढ्ने मानसिकता बनाउनुपर्ने कुरामा आफूहरु सचेत रहेको समेत स्पष्ट पारे ।
बुधवार आफ्नो समूहको तर्फबाट आयोजित पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरुले पराजय भोग्नुपरे पनि माधव नेपाल, भीम रावलहरुको जस्तो नयाँ छुट्टै पार्टी खोलेर जाने दृष्टान्त लागू नहुने समेत बताए । उनले महाधिवेशनमा आफूहरु विजय हुने विश्वास व्यक्त गर्दै पराजय भएपनि एमाले नै भएर काम गर्ने कुरामा किञ्चित तलमाथि नहुने बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, एउटा समस्या हामीमा के छ भने प्रतिष्पर्धा गर्न तत्पर हुने तर प्रतिष्पर्धाबाट प्राप्त हुने परिणामलाई स्वीकार गर्न नसक्ने । यो राजनीतिक संस्कारका रहेको कमजोरी हो । हामी दृढतापूर्वक के कुरामा उभिन्छौँ भने प्रतिष्पर्धा गरिन्छ भने त्यसको परिणामलाई स्वीकार गरिन्छ ।
हामी जित्दा मात्रै खुशी हुने होइन । जित्न नसक्दा पनि त्यसलाई स्वीकार गर्नुपर्छ । प्रतिस्पर्धामा जानेहरुले यो मानसिकता बनाउनु पर्दछ भन्ने कुरामा हामी सचेत छौँ । त्यसकारण यसमा के हुन्छ होला । एउटा दृष्टान्त बनेको छ भीम रावल जी र माधव नेपालजीको कुरा । त्यस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन ।
हामी प्रतिस्पर्धा गर्छौ । प्रतिस्पर्धा गरेर विजय प्राप्त गछौ भन्ने हाम्रो विश्वास छ । यदि त्यस्तो कुरा भएन भने पनि हामी नेकपा एमाले भएर नेकपा एमालेको पक्षमा नेकपा एमाले भएर सधैं रहिरहन्छौ । यसमा किञ्चित पनि तलमाथि हुँदैन ।’
वरिष्ठ नेता पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व भन्दा पनि कार्यशैलीप्रति आफूहरुको प्रश्न रहेको पनि बताएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १मानवअधिकारलाई राजनीतिबाट अलग्गै राख्नुपर्छः प्रधानन्यायाधीश राउत
- २महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौँः ईश्वर पोखरेल
- ३राजनीति तथा नीति निर्माणको तहमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग
- ४यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्नेछः राजेन्द्र लिङदेन
- ५विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की



तपाईको कमेन्ट लेख्नुहोस्