Techie IT
  • २० कात्तिक २०८२, बुधबार
KhojPatrika

राष्ट्रिय एकता र गणतन्त्रात्मक व्यवस्थाको रक्षा पार्टीको मुख्य कार्यभारः उपसंयोजक नेपाल


काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका उपसंयोजक माधवकुमार नेपालले देशलाई अघि बढाउन अझ सुन्दर र परिमार्जित संविधान बनाउन पार्टी तयार रहेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो दाबी गरेका हुन ।

उनले राष्ट्रिय एकताको रक्षा, संविधान संशोधन र गणतन्त्रात्मक व्यवस्थाको सुरक्षा पार्टीको अहिलेको मुख्य कार्यभार भएको पनि बताए । उनले नेपालले आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि नयाँ पुस्तालाई उत्तरदायी र सुसंस्कृत बनाउने आवश्यकता रहेको उल्लेख गर्दै आफूहरु सो बाटोमा अघि बढ्न जरुरी रहेको बताएका हुन ।

उनले भने, ‘हामी देशलाई अघि बढाउनको लागि अझै सुन्दर र परिमार्जित संविधान बनाउनको लागि तयार छौं । यस समयमा हामी सामु अनेक अभिभाराहरु रहेका छन् ।

राष्ट्रियताको रक्षाको अभिभारा, संविधान संशोधनको अभिभारा, संविधान संशोधन गर्ने अभिभारा, व्यवस्था जोगाउने अभिभारा र यो मुलुक राम्रो दिशामा अगाडि बढोस् भन्ने हिसावले समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुन सकोस् । नयाँ पुस्ताका व्यक्तिहरु सुसंस्कृत पनि होउन् । उत्तरदायी भएर अगाडि बढुन् त्यस हिसावले उनीहरुलाई हामीले तयार गर्नुपर्ने पनि आवश्यकता छ ।’


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं