Techie IT
  • २० कात्तिक २०८२, बुधबार
KhojPatrika

नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल चयन


काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल चयन भएका छन् ।

बुधवार काठमाडौंमा आयोजना गरेको सो पार्टीको एकता राष्ट्रिय सम्मेलनले सो प्रश्ताव पारित गरेको हो । दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन । त्यसैगरी सम्मेलनले सहसंयोजकमा माधवकुमार नेपाललाई चयन गरेको छ ।

अध्यक्ष दाहाललाई संयोजक र नेपालाई सहसंयोजक चयन गर्न नेता महिन्द्रराय यादवले सम्मेलनमा प्रश्ताव गरेका थिए । सो प्रश्ताव पारित भएको हो । सम्मेलनले पार्टीको आन्तरिक विधान र घोषणा पत्र पनि पारित गरेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं