Techie IT
  • १८ कात्तिक २०८२, सोमबार
KhojPatrika

प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेकपासहितको एकता प्रक्रियामा आफू सहभागी नहुने प्रस्ट पारेका छन् । प्रचण्ड निवासमा आइतबार पुगेर शर्माले एकता प्रक्रियामा आफू सहभागी नहुने बताएर फर्किएका हुन् । ‘अहिले तपाईँहरूसँग आउँदिन। आफैँ संघर्ष गर्छु । प्रचण्डबिना मलाई के अप्ठ्यारो पर्दो रहेछ म पनि हेर्छु’ शर्माको भनाई ।

यसअघिको भेटमा आक्रोशित हुने गरे पनि हिजोको भेटमा सौहार्दपूर्ण रूपमा प्रस्तुत भएका थिए । शर्माले शनिवार बसेको सचिवालय बैठकमा पनि एकता प्रक्रिया तत्काल स्थगित नगरे आफू सहभागी नहुने प्रस्ट जानकारी गराएर हिँडेका थिए ।

नेतृत्व परिवर्तनलाई अस्वीकार गर्दै माओवादी आन्दोलनको पहिचान मेट्ने गरी हुने एकता स्वीकार्य नहुने अडान छ । शर्माले राखेको लिखित प्रस्तावमा भनिएको छ, ‘यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्दछु ।’

आफू पार्टी छाडेर जानेभन्दा पनि यसैलाई बलियो बनाउनुपर्छ भन्ने पक्षमा रहेको भन्दै प्रचण्डलाई घरकालाई छाडेर जान भन्ने, अनि बाहिरबाट ल्याएकाबाट पार्टी बन्छ ? भन्दै प्रश्न गरेका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं