Techie IT
  • १५ कात्तिक २०८२, शुक्रबार
KhojPatrika

काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित


काठमाडौं । नेपाली काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित गरिएको छ । महाधिवेशनको विषयमा कुरा मिल्न नसकेपछि पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी पार्टीको केन्द्रिय कार्य समिति बैठक पछि सारिएको हो ।

आपसी सरसल्लाह र समझदारीका साथ महाधिवेशन गर्नका लागि बैठक पछि सार्नुपरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले मुलुक संकटमा परेको बेला पार्टीभित्र विवाद हुनेकुरा राम्रो नभएको पनि बताए ।

प्रवक्ता महतले भने, ‘अझ सरसल्लाह, समझदारी विकसित गर्नुप¥यो । त्यसकारण आज स्थगित गर्ने कुरा आयो । अझ समझदारी गर्न कोशिस गरौैं भन्ने हो । अव समझदारी गर्नुपर्ने अधिवेशनको सन्दर्भमा हो । महामन्त्री आउनु भएन । किन आउनुभएन भनेर तपाईहरुले पनि सोध्नुहोला । तर हामी के चाहन्छौ भने सबैको सहभागितामा सरसल्लाह गरेर एउटा निष्कर्ष निकालौ ।

यो पार्टीको हितमा । अव देशले पनि खोजिराखेको छ कि नेपाली काँग्रेस एकीकृत भएर आओस । लोकतन्त्रमाथि नै ठूलो प्रहार भइराखेको छ । देशमा स्थिर मानसिकता अझै बनिसकेको छैन । निर्वाचनको कुरा भईराख्या छ । निर्वाचन हुने नहुने आधार सरकारले दिन सकेको छैन । यस्तो अवस्थामा अधिवेशनको विषयलाई धेरै विवादको विषय बनाउने भन्दा पनि यसलाई पारदर्शी ढंगले सम्पन्न गर्नतिर लाग्नुपर्छ ।’

महामन्त्री गगनकुमार थापाले पार्टीको नियमित महाधिवेशनका लागि कार्यतालिकासहितको प्रतिवेदन बैठकमा पेश गर्ने तयारी गरेका थिए । यता, संस्थापन पक्षले भने निर्वाचनका लागि पनि महाधिवेशनलाई मंसिर पछि सार्नुपर्ने धारणा राख्दै अहिलेनै कार्यतालिका आवश्यक नभएको जिकिर गर्दै आएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं