आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।देशभरका झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत कर्मचारी विभिन्न चरणमा आन्दोलनरत रहेको भन्दै माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रचण्डले भनेका छन्, ‘यतिखेर देशभरका झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत कर्मचारीहरू तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता समस्याविरुद्ध विभिन्न चरणमा आन्दोलनरत छन् ।’
नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेसागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न नसक्ने उनको भनाइ छ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्