सामाजिक सञ्जाल नियमन नगरी खोल्न सकिँदैनः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरु खोल्न नसकिने अडान लिएका छन् ।
मन्त्रिपरिषद् बैठक अगाडि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पार्टी निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए । ‘जे क्षति भयो, त्यो क्षति अनुसार आजको मन्त्रिपरिषद् बैठक बस्दै गर्दा आन्दोलनकारीको मागबारे केही न केही सम्बोधन गर्नुपर्छ’ पौडेलको प्रस्ताव थियो, ‘त्यो सम्बोधन गर्ने क्रममा सामाजिक सञ्जाल दर्ता कुटनैतिक ढंगले पहल गर्दै जाने र तत्काललाई खोल्ने निर्णय गर्नुपर्छ ।’ तर प्रधानमन्त्री ओलीले तत्काल प्रतिबन्ध हटाउन नसकिने जवाफ दिएका छन् ।
‘सभापपतिज्यूले पनि भन्नुभएको थियो । तर, कम्पनीहरुले खुलेआम रुपले दर्ता गर्दैनौं भनिरहका छन् । नियमन नगरी यतिकै खोल्न सकिदैन’, प्रधानमन्त्री ओलीले भनेका छन् । यसपछि गृहमन्त्री पदबाट राजीनामा दिदै रमेश लेखकले पनि सामाजिक सञ्जालहरुको प्रतिबन्ध खोल्न प्रस्ताव राखे । तर ओलीले मानेनन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्