रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले एक दिवसीय अभ्यास म्याचमा साउथ अष्ट्रेलियालाई हराएको छ ।
नेपाललाई २ विकेटको रोमाञ्चक जित दिलाउन कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गरे । साउथ अष्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले दुई विकेट र ५ बल बाँकी छँदा भेट्यो ।
१० औ नम्बरमा आएका सोमपाल कामीले रोहितलाई साथ दिँदै अविजित ३८ रन जोडे । रोहित १०१ रनमा नटआउट रहे । नेपालले १६० रनमा ८ विकेट गुमाएको स्थितिबाट उकास्दै रोहित र नेपाललाई लक्ष्यसम्म पुर्याएका थिए ।
साउथ अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै निर्धारित ४५ ओेभरमा २४२ रन बनाएको थियो । नेपालका नन्दन यादव र सोमपाल कामीले ३-३ विकेट लिए ।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्