Techie IT
  • २२ साउन २०८२, बुधबार
KhojPatrika

विप्लवसँग नारायणकाजीले गरे एक घण्टा छलफल


काठमाडौं । नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको बहुप्रतीक्षित पार्टी एकता प्रक्रिया अनिश्चित बनेको छ ।

यही अन्योलबीच माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लवबीच बुधबार एक घण्टा लामो संवाद भएको छ ।

काठमाडौंमा दुई नेताबीच करिब एक घण्टा लामो भेटवार्ता भएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, वामपन्थी एकता सम्भावना र सरकारको वर्तमान अवस्थाबारे छलफल भएको बताइएको छ।

यो भेट वार्ता त्यसबेला भएको हो जब विप्लव नेतृत्वको नेकपाले माओवादीसँग पार्टी एकता नगरी आफ्नो नेतृत्वमा फरक राजनीतिक केन्द्र निर्माण गर्ने निर्णय गरिसकेको छ ।

विप्लव पक्षले माओवादी केन्द्रप्रति आलोचनात्मक धारणा राख्दै आएको छ । उसले आफूलाई ‘सच्चा क्रान्तिकारी धार’ को प्रतिनिधि बताउँदै छुट्टै पहिचान निर्माणको कोसिसमा देखिन्छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं