विप्लवसँग नारायणकाजीले गरे एक घण्टा छलफल
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको बहुप्रतीक्षित पार्टी एकता प्रक्रिया अनिश्चित बनेको छ ।
यही अन्योलबीच माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लवबीच बुधबार एक घण्टा लामो संवाद भएको छ ।
काठमाडौंमा दुई नेताबीच करिब एक घण्टा लामो भेटवार्ता भएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, वामपन्थी एकता सम्भावना र सरकारको वर्तमान अवस्थाबारे छलफल भएको बताइएको छ।
यो भेट वार्ता त्यसबेला भएको हो जब विप्लव नेतृत्वको नेकपाले माओवादीसँग पार्टी एकता नगरी आफ्नो नेतृत्वमा फरक राजनीतिक केन्द्र निर्माण गर्ने निर्णय गरिसकेको छ ।
विप्लव पक्षले माओवादी केन्द्रप्रति आलोचनात्मक धारणा राख्दै आएको छ । उसले आफूलाई ‘सच्चा क्रान्तिकारी धार’ को प्रतिनिधि बताउँदै छुट्टै पहिचान निर्माणको कोसिसमा देखिन्छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्