गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्नः जीबी राई खोई ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा महामन्त्री शर्माले सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीविरुद्ध कारबाही प्रक्रिया अघि बढेको भन्दै राई पक्राउ नपरेकोमा गृहमन्त्रीमाथि प्रश्न उठाएका हुन् ।
‘गृहमन्त्री ज्युलाई सम्माननीय सभामुख महोदय मार्फत म सोध्न चाहन्छु, सहकारी ठग कोही जेल गए तर कोही कैयौलाई अझै पनि कैयौ लाई कारबाहीको दायरामा ल्याउनलाई ढिलाई किन भइरहेको छ ? जीबी राईका दुई थान पार्टनर जेलमा छन् तर उनलाई मलेसियाबाट नेपाल ल्याउने प्रक्रिया किन परिणाममा पुगेको छैन ?’ उनले भने ।
सहकारी ठगी प्रकरण सार्वजनिक भएपछि सहकारी सञ्चालक राई फरार भएयता तीन जना गृहमन्त्री नियुक्त भएको भन्दै उनले राईलाई नेपाल झिकाउन नसक्नुलाई कूटनीतिक असफलता हो ? भन्दै प्रश्न गरेका छन् । ‘उनी भागे यता नेपालमा तीन जना गृहमन्त्री बन्नु भएछ’, उनले भने, ‘हाम्रो कुटनीतिक र प्रशासनिक शक्ति नै यति कमजोर छ कि हामी हजारौं नेपालीलाई ठगेको टिमको उपनायकीलाई पक्राउ गरेर नेपाल ल्याउन सक्दैनौरु सम्माननीय सभामुख महोदय मार्फत म यो प्रश्न गर्न चाहन्छु ।’
महामन्त्री शर्माले सहकारी ठगीमा पीडित बनेका बचतकर्ताको पाँच लाखसम्मको रकम तत्काल फिर्ता गराउने प्रक्रिया अविलम्ब अगाडि बढाउन आग्रह गरे । सरकारले अध्यादेश नै जारी गरेर सहकारी पीडितको पााँच लाखसम्मको रकम फिर्ता गर्ने निर्णय भएपनि किन ढिलाई भएको हो ? भन्दै प्रश्न गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
- २विप्लवसँग नारायणकाजीले गरे एक घण्टा छलफल
- ३प्रधानमन्त्री ओली र वाइपाका कार्यकारी निर्देशक इर्साहीबीच भेटवार्ता
- ४गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्नः जीबी राई खोई ?
- ५प्रतिनिधिसभाको बैठक एक बजे, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्