भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यकः शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फास्टट्रयाकबाट भूमि विधेयक पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शङ्का उब्जाएको बताएका छन् ।
कोइरालाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा बहालै रहेको अवस्थामा भूमि विधेयक पास गर्न खोज्नु शङ्कास्पद भएको उल्लेख गरेका हुन् ।
उनले भने, ‘पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहेको स्थितिमा भूमि विधेयक फास्टट्रयाकबाट पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शङ्का उब्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न ।’
उनले नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो नभएको उल्लेख गर्दै पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलियामाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन् । उनले भूमि विधेयकमा सम्बन्धित समितिमा गहन छलफल आवश्यक रहेको बताएका छन् ।
उनले लेखेका छन्– ‘नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन । पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलिया माथि निष्पक्ष छानबिन गरौँ, भूमि विधेयकमा समितिमा गहन छलफल गरौँ ।’
पोखराको बाटुलेचौरस्थित लिची बगान क्षेत्रको १३४ रोपनी जग्गा प्रकरणमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि ३३ लाख रुपैयाँ घुसको डिल भएको आरोप छ ।
यस प्रकरणपछि सामान्य प्रशासनमन्त्री गुप्ताले भने राजीनामा दिइसकेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्