Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

शेख हसिनाको पार्टी बंगलादेशमा आतंककारी घोषित


काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि पूर्णप्रतिबन्ध लगाएको छ । आतंकवादविरोधी ऐन अन्तर्गत अवामी लिग र यसको नेतृत्वका विरुद्ध अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल (आइसीटी)को मुद्दा नसकिएसम्म साइबरस्पेस र अन्यत्र गरिने सबै गतिविधिमा प्रतिबन्ध लगाएको बंगलादेश सरकारले जारी विज्ञप्तिमा जनाइएको छ ।

‘यो निर्णय राष्ट्रिय सुरक्षाको सुनिश्चितता, जुलाई आन्दोलनका कार्यकर्ताहरूको सुरक्षा, र ट्रिब्युनलका मुद्दामा संलग्न वादी र साक्षीहरूको सुरक्षाका लागि गरिएको हो’, विशेष सल्लाहकार परिषद्को शनिबार रातिको बैठकपछि कानुन सल्लाहकार आसिफ नजरुलले बताए ।

अन्तरिम सरकारका प्रमूख सल्लाहकार मोहम्मद यूनुसको अध्यक्षतामा बसेको विशेष सल्लाहकार परिषद्को उक्त बैठकले १९७३ को अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल ऐनमा संशोधनलाई पनि स्वीकृति दिएको बिबिसी बंगालाले जनाएको छ । अब अवामी लिग पार्टी बंगलादेशमा आतंककारी समूह सरह हुनेछ ।

सल्लाहकार परिषद्ले आगामी ३० कार्यदिनभित्र ’जुलाई घोषणापत्र’ अन्तिम रूप दिएर प्रकाशित गर्ने निर्णय पनि गरेको छ । बंगलादेशमा जातीय र धार्मिक आतंकको जग बसालेको भन्दै केहीदिनदेखि विभिन्न शहरहरुमा अवामी लिग विरुद्ध प्रदर्शन भइरहेका थिए । सम्पूर्ण दलहरुको एकमतले पछिल्ला दिनहरूमा अवामी लिगलाई प्रतिबन्ध लगाउन माग गरेकोले सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको जनाइएको छ ।


क्याटेगोरी : राजनीति, विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं