भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
काठमाडौं । जम्मु–कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावको बीचमा भारतले पाकिस्तानबाट आउने सबै सामानमा प्रतिबन्ध लगाएको छ ।
पाकिस्तानमै उत्पादन भई भारत आउने कुनै पनि वस्तुमा तत्काल लागु हुनेगरी रोक लगाइएको हो । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशालयले एक सूचना जारी गरेर शुक्रबार प्रतिबन्धको निर्णय सार्वजनिक गरेको छ ।
सूचना अनुसार विदेश व्यापार नीति २०२३ मा यससम्बन्धी एउटा व्यवस्था थपिएको छ, जसमा अर्को आदेश नभएसम्मका लागि पाकिस्तानबाट आउने वा पाकिस्तानमा निर्यात गरिने सबै वस्तुहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।
अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमध्ये अधिकांश पर्यटक थिए । यो आक्रमणपछि भारत र पाकिस्तानले एक(अर्काविरुद्ध विभिन्न कदम चालेका छन् र दुवै देशबीचको तनाव निरन्तर बढिरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्