हमासलाई ट्रम्पको चेतावनी‘बन्दी रिहा नगरेमा एउटा पनि सदस्य बाँकी रहने छैन’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दी रिहा गर्नका लागि चेतावनी दिएका छन् । ट्रम्पले हमासलाई सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी दिएका हुन् । ‘मैले यो काम सक्नका लागि इजरायललाई सबै कुरा उपलब्ध गराएको छु ।
मैले भने अनुसार नगरेमा हमासको एउटा पनि सदस्य बाँकी रहने छैन,’उनले ट्र्थ सोसलमा लेखेका छन् । बन्दी रिहाइका लागि अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने कुरा आएपछि ट्रम्पले सामाजिक सञ्जालमा यस्तो चेतावनी दिएका हुन् । ट्रम्पले बन्दी रिहाइ नगरेमा हमासले कल्पनै नगरेको कठिन समयको सामना गर्नुपर्ने बताएका छन् ।
उनले हरेक जीवित व्यक्ति रिहा गर्न तथा मृतकको शव तत्काल हस्तान्तरण गर्न भनेका छन् । उनले हमास नेतृत्वलाई तत्काल गाजा छाड्नसमेत भनेका छन् । ट्रम्पले त्यहाँका सर्वसाधारणलाई समेत चेतावनी दिएका छन् ।
उनले गाजावासीका लागि सुन्दर भविष्य पर्खिरहेको भए पनि बन्दी रिहाइ नभएमा त्यसो नहुने बताएका हुन् । साथै उनले बन्दी रही रहे जो कोही पनि मर्नसक्ने चेतावनी दिए । युद्ध विरामपछि रिहा भएका बन्दीसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि ट्रम्पको त्यो पोस्ट सार्वजनिक भएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्