Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

प्रधानमन्त्री ओली र काठमाडौं मेयर बालेनको टकराव, कसैसँग नझुक्ने बालेनको अडान


काठमाडौं । सरकारको नेतृत्व गरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र देशको सबैभन्दा ठूलो महानगरपालिका काठमाडौंका मेयर बालेन साहबीच वाकयुद्ध छ । प्रधानमन्त्री ओली र बालेन एउटै कार्यक्रममा समेत उपस्थित हुदैनन् । काठमाडौं महानगर आयोजक भएको कार्यक्रममा समेत ओली सहभागि हुने भए बालेन हुँदैनन् । पछिल्लो समय महानगरमा प्रमुख प्रशासकिय अधिकृत सरकारले नपठाइदिदा झनै तिक्तता बढिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच विगतदेखि नै जुहारी चल्दै आएको छ । ओलीलाई कटाक्ष गर्ने बालेनबिरुद्ध सिंगो एमालेजन नै खनिएका देखिन्छन् । काठमाडौं महानगरपालिकाभित्रै संघीय सरकारका सबै संरचना र कामकारवाही हुन्छन् । सरकार र काठमाडौं महानगरबीच समन्वय नै भएर विकासका काम गर्नुपर्ने हो । तर, यहाँ विगतदेखि नै जुहारी चलिरहेको छ ।

सरकार बालेनलाई सहयोग भन्दा पनि कसरी गलाउन सकिन्छ भन्ने ध्याउन्नमा छ । बालेन ओली सरकारदेखि टसको मस हुने देखिदैन । किनकि सार्वजनिक अभिब्यक्ती दिएर आलोचना गर्ने प्रधानमन्त्री ओली र एमाले नेताहरुलाई उनले सामाजिक सञ्जालमार्फत बारम्बार प्रहार गरिरहेका छन् । मेयर बालेनले लगातार प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर महानगरका लागि प्रमुख प्रशासकिय अधिकृत पठाइदिन आग्रह गरिरहेका छन् । तर, प्रधानमन्त्री ओलीले त्यसको ब्यवस्था गर्दा बालेनले सामाजिक सञ्जाल मार्फत निरन्तर प्रहार गरिरहेका छन् ।

बालेनले कहिले प्यारो प्रधानमन्त्री त कहिले प्रधानमन्त्री ज्यू भन्दै सरकारले गरिरहेका कामकारवाहीमा प्रश्न उठाइरहेका छन् । तर, त्यसको प्रतिकारमा एमाले नेताहरु दौडधुप गरिरहेको देखिन्छ । दुई दिनअघि मात्रै बालेनले मलाई हराउने ताकमा देशलाई नै नडुवाउनुहोला भन्दै ब्यङग्य गरेका थिए ।

बालेनले सोमबार फेरि प्रमुख प्रशासकिय अधिकृत नपठाएको र विभिन्न अडान लिएको भन्दै सामाजिक सञ्जालबाट आक्रोश पोखेका छन् । उनले भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ भन्दै ब्यङग्य गरेका छन् । उनले बुदागत रुपमा आफूमाथि लगाएका आरोपको खण्डन समेत गरेका छन् । भ्यू टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको भन्ने प्रचारित भ्रम, कार्यकारी टिक्दैन भनेर फैलाउन खोजिएको भ्रम, काठमाण्डौँमा कार्यकारी जान मान्दैनन् भन्ने लज्जास्पद, लाचार र गैरजिम्मेवार भनाई, ऐनले पालिकालाई नै निमित्त तोकेर काम गर्ने अधिकार दिएको छ भन्ने फैलाइएको भ्रम, कार्यकारीको छानविनको रिपोर्ट लुकाइयो भन्ने भ्रम फैलाइएको गुनासो मेयर बालेनले गरेका छन् ।

मेयर बालेन अघि लेख्छन् प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला । तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पुर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईकै हो । अनि जति भ्रम फैलाए पनि, हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ ।

महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो । सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु ।


क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रधानमन्त्री ओली र काठमाडौं, #बालेनको टकराव

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं