आजदेखि रवि लामिछानेमाथि रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान !
काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा लगिदैछ ।
भैरहवाको बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको कसुरमा भइरहेको अनुसन्धानमा बयानका लागि लामिछानेलाई जहाजमार्फत भैरहवा लैजान लागिएको हो । प्रहरीले लामिछानेलाई बिहान साढे ५ बजे नै पोखरा एयरपोर्टमा पुर्याएको भएपनि हुस्सुका कारण उडान प्रभावित भएको छ ।
उनको आजै बयान सुरु गरिने रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए । सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोपमा यस अघि नै लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
बुटवलको सुप्रिम सहकारीको बचत रकम मध्ये १४ करोड बढी रकम गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई, उपाध्यक्ष एवं पूर्व डिआईजी छविलाल जोशी तथा रवि लामिछानेको समूहले अपचलन गरेको रूपन्देहीमा मुद्दा छ ।
रूपन्देही प्रहरीले यस अघि गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष जोशीलाई पनि पोखराबाट लगेर रूपन्देहीमै बयान लिएको थियो । सोही सहकारीको रकम अपचलनमा कुमार रम्तेल र शिवबहादुर गुरुङको रूपन्देहीमा सरकारी वकिल समक्ष बयान जारी छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पूर्वगृहमन्त्री एवं राष्ट्रिय, #रवि लामिछाने, #सहकारी ठगी प्रकरण
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्