हिन्दु राष्ट्र संविधानमा हैन स्वाभिमानमा चाहिन्छः मेयर बालेन शाह
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका छन् । मेयर शाहले बुधवार सामाजिक सञ्जाल फेसबुकमा कवितामार्फत भनेका छन्– ‘मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।’ उनले आफ्नो ठाउँ नै नरहेपछि गाउँ मासेर बनेको सहरको काम नभएको बताउँदै आफ्नो भाउ नै नभए पनि नाउँ बेचेर बनेको रहरको पनि काम नहुने बताएका छन् ।
यस्तो छ मेयर शाहको कविता
गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मेयर बालेन शाह, #स्वाभिमानमा चाहिने
ताजा खबर
- १प्रधानमन्त्री कार्कीको सन्देशः फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ
- २रुकुम पश्चिममा १२ जना चुनावी मैदानमा,युवा उम्मेदवारले जिल्लामा उत्साह
- ३अहिलेसम्म २९२५ उम्मेदवारी दर्ताः रुपन्देही २ र ३ मा ३५–३५ र मुस्ताङमा चार जना मात्रै
- ४यस्तो छ उम्मेदवारको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मका कार्यक्रम
- ५कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने



तपाईको कमेन्ट लेख्नुहोस्