बाढी पहिरो पीडित नागरिक समस्यामा, सिंहदरबारमा भने दैनिक कोठे बैठककै लहर !
काठमाडौं । सुख हुँदा त जनताले जसो तसो जिविकोपार्जन गरेकै छन् । बजार महंगो हुँदा पनि नियन्त्रण गर्न नसकेको सरकारलाई मतलव नै नगरी साँझ र विहानको छाक टारेकै छन् । तर, दुखमा पर्दा त राज्यले सहयोग गर्ला नी भन्ने आसमा रहेका जनतालाई सरकारले बचाउन सकेन । बरु, सिंहदरबारमा बस्नेहरुले बाढीमा हेलिएको र पहिरोले पुरिएको मात्रै देख्यो पूर्वसुचना हुँदा हुँदै पनि आफ्ना नागरिक बचाउन कुनै काम गरेन । मौसम पूर्वानुमान महाशाखाले विहिबारदेखि आइतबारसम्म भारी बर्षा हुने पुर्व सुचना पटक–पटक जारी ग¥यो ।
५६ जिल्लालाई रेड जोनमा राखेर सर्तकता अपनाउन आग्रह पनि गरिरहेको थियो । काठमाडौं उपत्यकामा पनि भारी बर्षा हुने र खोला तथा नदीको बहाव उच्च रहने बुलेटिनबाट जानकारी गराइएको थियो । तर, सरकारले त्यसको कुनै वास्ता नै गरेन । जव बाढी र पहिरोबाट मानिसहरु प्रभावित भए तव चनाखो भएपनि न उद्धारको संयन्त्र थियो न त जनता जोगाउने उद्धारका लागि बन्दोबस्तीको सामान नै सुरक्षा निकायसँग थियो । जसका कारण जनताले बाढीको भेलका बीचबाट बचाउ बचाउ भन्दा पनि उद्धार गर्न सकेन ।
कतै बाढी त कतै पहिरोमा गरी सयौं नागरिकले ज्यान गुमाउदा राज्य सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा थिए । नेपालमा भएका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह हुन या गृहमन्त्री रमेश लेखकले प्रभावकारी काम गर्न नसकेको प्रष्टै देखियो । बरु, गृहमन्त्री रमेश लेखकले भिजिबिलिटका कारण हेलिकप्टर उडाउन नसकेको प्रतिक्रिया दिएर उम्किन खोजे ।
प्रधानमन्त्री ओली देश बाहिर रहेपनि कार्यवाहक सम्हालेका सिंहले समस्यामा परेका नागरिकलाई लक्षित गरी कुनै कार्यक्रम ल्याउन सकेनन् । सिंहदरबारमा मन्त्रालय मन्त्रालयपिच्छे छलफल गर्ने र एउटै निर्देशन एउटै दिने निर्देशन र गलफत्ति बाहेक केही भएन । राष्ट्रसंघको महासभामा भाग लिएर फर्किएका प्रधानमन्त्री ओलीले उद्धार राहातमा काम गर्न ढिलाई भयो भन्दै आत्मआलोचना गर्नुपर्नेमा उल्टै यहाँ पहिरो जान्छ यहाँ बाढी आउछ भनेर कसले भन्यो भन्दै प्रतिप्रश्न गरे ।
पीडामा रहेका नागरिकलाई मलम लगाउनुपर्ने कुरा गर्नुपर्ने प्रधानमन्त्री ओलीले भैसीं दुहुन नगएको जस्ता गैरजिम्मेवार टिप्पणी गर्नु पक्कै पनि स्वभाविक होइन । दैविप्रकोपबाट नागरिक बचाउन राज्य नै असफल हुँदा समेत आफ्नो कमजोरी छोप्न मात्रै राज्यका निकाय लागिरहेका छन् । अर्कोतर्फ राज्यका निकायले दिएका कुनै पनि निर्देशन पालना हुँदैनन् ।
रात्रिकालिन बस नचलाउन दिएको निर्देशन पालना नहुँदा झ्याप्ले खोलामा नागरिकले ज्यान गुमाए । बस पुरिएको दुई दिनपछि मात्रै थाहा भयो । बिद्यालय तीन दिनसम्म बन्द गर्ने निर्णय पनि कागजमै सिमित भयो । दुख पीडामा रहेका जनताले अझै अभिभावकत्व खोजिरहेका छन् । तर, पनि प्रधानमन्त्री, मन्त्रीहरु सिंहदरबारमै कोठे बैठक र भाषण गर्नमै समय खर्चिरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सम्पादकीय, सामाजिक सञ्जाल
ट्याग : #जिविकोपार्जन, #बजार महंगो, #सुख हुँदा त जनता
ताजा खबर
- १रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा
- २ओली, देउवा र दाहालले देश विगारेः राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन
- ३अपराजित रहँदै कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
- ४कांग्रेस–एमालेसँग मिल्दामिल्दा माओवादीकै पहिचान हराउने आशंका छः प्रचण्ड
- ५अखिल क्रान्तिकारीको स्थगित सम्मेलन अव २३ र २४ मंसिरमा हुने
तपाईको कमेन्ट लेख्नुहोस्