समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने माग सहित त्रिविमा रातभर धर्ना
काठमाडौं । समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न माग राख्दै त्रिभुवन विश्व विद्यालयका केही विद्यार्थीहरू त्रिभुवन विश्व विद्यालयको प्रशासन मै रातभर धर्ना बसेका छन् ।
ट्रान्सक्रिप्ट उपलब्ध गराउन ढिलाइ गरेको र नतिजा समेत असम्बन्धित विषयको प्रकाशित गरेको कारण बिहीबार त्रिवि प्रशासनमा राभर धर्नामा बसेका हुन् ।
गत मङ्सिर मै ट्रान्सक्रिप्ट लिनका लागि निवेदन दिएर पटकौं पटक धाउँदा पनि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट उपलब्ध नगराएको, ६ वटा विषयमा परीक्षा दिएको तर ११ ओटा विषयको नतिजा निकाल्ने जस्तो गैर जिम्मेवार कार्यको विरुद्धमा धर्नामा बसेको विद्यार्थीहरुले बताएका छन् ।
प्रवीण दाहाल, ममता जोशी, अर्जुन बगाले, आशिष शाक्य, बिना श्रेष्ठ, असल गैरे, कृष्ण साउद, प्रदीप भण्डारी लगायतका विद्यार्थीहरू धर्नामा बसेका छन् । माग पूरा नभएसम्म धर्ना जारी रहने बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #त्रिभुवन विश्व विद्यालय, #समयमै ट्रान्सक्रिप्ट
ताजा खबर
- १मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन उत्सुक रहेको प्रधानमन्त्री शाहको प्रतिबद्धता
- २उपसभामुखको निर्वाचन चैत २७ गते हुने
- ३सरकारले बढायो झण्डै २२ प्रतिशतसम्मले सार्वजनिक यातायातको भाडा
- ४सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि शेरबहादुर देउवा र आरजुविरुद्ध पक्राउ पुर्जी जारी
- ५चार वटा संसदीय समितिका सभापतिले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्