शिखर ईन्सोरेन्स कम्पनी लिमिटेडमा रुकुमपश्चिमका ६४ पत्रकारहरुको दुर्घटना बिमा

रुकुमपश्चिम । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले जिल्लाा ६४ जना क्रियाशिल पत्रकारहरुको दुर्घटना बिमा गरिएको छ । महासंघले शाखामा आवद्ध साधारण सदस्यहरु र जिल्लामा क्रियाशिल सदस्यहरुको निशुल्क दुर्घटना बिमा गरेको हो । आइतबार एक कार्यक्रमका बिच शिखर ईन्सोरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिमका शाखा प्रमुख भद्रबहादुर खड्काले शाखा अध्यक्ष लक्ष्मण केसीलाई पत्रकारहरुको बिमा पोलिसी हस्तान्तरण गरेका हुन ।
६४ जना पत्रकारहरुको बिमा गरिएको महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । शिखर ईन्सोरेन्स कम्पनी लिमिटेडमा प्रतिव्यक्ति दुई लाख ५० हजारका दरले एक करोड ६० लाख बरारबरको बिमा गरिएको हो । बिमाका लागि पत्रकारहरुले कुनै पनि शुल्क तिर्नुपरेको छैन । यस कार्यले जोखिमपूर्ण अवस्थामा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई कामका लागि प्रोत्सान हुने विश्वास लिईएको अध्यक्ष केसीले बताए ।
नयाँलाई पत्रकारितामा आकर्षण र क्रियाशिल पत्रकारहरुलाई यस पेशामा टिकाउनको लागि शाखाले दुर्घटना बिमाको कार्यक्रम अघि सारेको जनाएको छ । दुर्घटना बिमा शुल्क बापतको रकम बाँफिकोट गाउँपालिका वडा नम्वर ६ मग्मा घर भई हाल अमेरिकामा रहेका गोर्ख कुसारीले सहयोग गरेका छन् ।
गत वर्ष पनि महासंघले जिल्लाका ५४ जना पत्रकारहरुको दुर्घटना बिमा गरेको थियो । पोलिसि हस्तान्तरण कार्यक्रममा शिखर ईन्सोरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिमका शाखा प्रमुख भद्रबहादुर खड्काले पत्रकारहरुको दुर्घटना बिमाको कार्य अत्यन्तै प्रशंसनिय रहेको बताए । उनले पछिल्लो समय घर बिमा, सम्पती बिमा, मोटर बिमा, बाली बिमा, पशु बिमा, स्वास्थ्य बिमाको कार्य भईरहेको समेत जानकारी दिए ।
पोलिसी हस्न्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, सशस्त्र प्रहरी नायब उपरिक्षक मदन बहादुर धानुक, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जिवी बुढा मगर, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, पत्रकारका पेशागत संघ संगठनका प्रमुखहरु, जिल्लास्थित क्रियाशिल पत्रकारहरु लगायतको आतिथ्यता रहेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #६४ जना क्रियाशिल पत्रकार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्