नेपाल र गणतन्त्र किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम
काठमाडौं । नेपाल र गणतन्त्री किरिबाटीबीच बुधबार कूटनीतिक सम्बन्ध कायम भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८३ पुगेको छ ।
नेपालका तर्फबाट प्रतिनिधि राजदूत लोकबहादुर थापा र गणतन्त्र किरिबाटीका प्रतिनिधि टेबुरो टिटोबीले दुवै राष्ट्रबीच कूटनीति सम्बन्ध कायम गर्न न्युयोर्कमा हस्ताक्षर गरे ।
उनीहरुले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई कूटनीतिक सम्बन्ध कायम भएकोबारे जानकारी दिन संयुक्त पत्र पठाउन पनि हस्तारक्ष गरेका छन् ।
संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले कूटनीतिक सम्बन्ध कायम भएसँगै दुवै राष्ट्रबीच द्विपक्षीय सम्बन्ध बलियो बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा आपसी सहकार्य हुने विश्वास लिएको छ । किरिबास भनेर चिनिने किरिबाटी मध्य प्रशान्त महासागरको एक टापु देश हो ।
यो १२ जुलाई १९७९ मा ब्रिटिशबाट स्वतन्त्र भएको थियो । ८११ वर्ग किलोमिटर भएको यो देशको १ लाख २० हजार जनसंख्या छ । ब्रिटिश राज्यबाट स्वतन्त्र भएसँगै १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसंघको सदस्यका रुपमा मान्यता पाएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कूटनीतिक सम्बन्ध, #नेपाल र गणतन्त्री किरिबा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्