प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षीले दिए बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ प्रधानमन्त्री लि क्वाङले बधाई दिएका छन् । उनले नेपालस्थित चिनियाँ दूतावास हुँदै परराष्ट्र मन्त्रालयमार्फत ओलीलाई पत्र लेख्दै बधाई ज्ञापन गरेका हुन् ।
‘नेपालको नयाँ प्रधानमन्त्री पद सम्हाल्नु भएकोमा तपाईंलाई मेरो र चीन सरकारको तर्फबाट हार्दिक बधाई’, ओलीलाई सम्बोधन गरेर लेखिएको पत्रमा उल्लेख छ ।
उनले नेपालसँगको ६९ वर्षदेखिको कूटनीतिक सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास पनि व्यक्त गरेका छन् ।
त्यस्तै, बीआरआई परियोजना लागू गर्नेदेखि द्विपक्षीय हितका प्रवर्द्धनका लागि साझेदारी गर्न तत्पर रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार शपथ लिएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्